खेल

नेपालबाट माल्दिभ्स पराजित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

नेपालबाट माल्दिभ्स पराजित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडाैँ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २–१ गोलले पराजित गरेकाे छ।  नेपालका लागि अनन्त तामाङले ५२ औ मिनेटमा दोस्रो गोल गरेका हुन्। उनले हेड मार्फत गोल गरे। पहिलो हाफ एक–एक गोलमा सकिएको थियो। खेलको १७ औ मिनेटमा माल्दिभ्सले एक गाेल बनाएकाे थियाे। माल्दिभ्सका लागि इब्राहिम महुदी हुसैनलेले गोल गरेका थिए। 

नेपालकाे कमजोर डिफेन्सको फाइदा उठाउँदै हुसैनले गोल गरेका थिए । त्यस्तै ४३ मिनेटमा नेपालले बराबरी गोल फर्कायो। नेपालका अभिषेक रिजालले बराबरी गोल गरे। अभिषेकले डिबक्स बाहिरबाट दुई डिफेन्डरलाई छक्याउँदै भली गोल गरेका थिए । 

१९८९ पछि माल्दिभ्सविरुद्ध नेपालले निकालेको यो पहिलो जित हो ।  जितसँगै नेपालकाे अंक तालिकामा सात अंक पुगेकाे छ । नेपालले ३ खेलबाट सात अ‌क जाेडेकाे हाे । माल्दिभ्स ४ खेलमा २ अंक जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ।

राउण्ड रोविन अन्तर्गतको अन्तिम लिग बंगलादेशसँग भाेलि ५ बजे खेल्नेछ । नेपालले बंगलादेशसँग बराबरीमात्र गरेपनि नेपाली टोली फाइनलमा पुग्नेछ ।