कला साहित्य

दोषी चस्मा: यो मेरो आँखा दोषी कि चस्मा ?

दोषी चस्मा: यो मेरो आँखा दोषी कि चस्मा ?

महाकवि देबकाेटाले 'पागल' कविताममा भनेका थिए, 'म अन्धालाई दुनियाँकाे अगुवा र तपस्वीलाई भगुवा देख्छु,जालिलाई सफल देख्छु साधुलाई विफल र प्रगतिलाई अगति देख्छु'। हाे याे दाेषी चस्माले नि यस्तै यस्तै देख्छ आजभाेली । कहिलेकाहीँ त शंका पनि लाग्छ कि याे दाेषी चस्मा पनि पागल हुने छाँटकाँट त हाेईन ? 

फेरि देवकोटाको कविता पागल हुने बेलाको त्यो पंक्ति कस्तो ठ्याक्कै मिल्छ, अहिलेको परिवेशमा । ती हजारौं सिद्धबाबाहरु छन् जो आफ्ना चरित्रमा कहिल्यै सिद्ध हुन सकेनन्, बरु गिद्ध पो भईरहे। यता फेरि जालिको जालैजालमा देश पनि झ्याङपाल भईरहेको अवस्थाको सामना पनि गरि नै रहेका छौं हामी नेपालीहरुले । यो दोषी चस्माले पनि यस्तै यस्तै देख्छ आजभोली ।

बिहान घाम झुल्केदेखी बेलुकासम्म एकै ठाउँमा बसिरहदा पनि एकछिन बिहान, एकछिन दिउँसो र एकछिन राति देख्छ,फेरि एकछिन पछि बिहान नै देख्छ। कस्ताे चमत्कारी चस्मा याे,किन देख्दैन यसले एकैनासकाे समय ?
अझ भनेझैं हुन्थ्यो यदि भने त म आफ्नाे पुरै बालापन ऐनाबाटै हेर्न चाहान्छु दाेषी चस्माकै सहायताले। न त पिर परेकेाे थाहा, न त जिम्मेवारी वहन,मात्र खाने र खेल्ने पिरलाे।। अर्काकाे जे देख्याे त्यहि चाहिने, नपाएमा धुरुधुरु राेईदियाे ढुक्क।।

अनि यसले आफ्ना र आफन्तहरुलाई संसारकै सबैभन्दा ठुलाे दुस्मन देख्छ,पराया आफ्ना बेनेेेेकाे देख्छ अनि आफ्ना पराया बनेकाे देख्छ।  छ नि एउटा उखान,बाहिर बाहिर रामकृष्ने भित्र भित्र काेदाे पिस्ने, हाे त्यस्तै।।

याे मेराे आखाँ दाेषि कि चस्मा ? जसले संसारकै सबैभन्दा भन्दा धनी विलगेट्सलाई पनि एउटा साधारण किसानमा कन्भर्ट गरेर देख्छ । एउटा गन्जी,गन्जी बाहिर ईष्टकाेट लगाएर,कछाड बाँधेर खेत खनिरहेका।। साँच्चै यसमा अचम्म मान्नुपर्ने त के नै छ र?? असम्भब पनि त छैन, देख्नकै लागि त। साथै सडकमा प्लाष्टिक टिपेर हिंडिरहेकाे बालकलाई सुकिलाे मुकिलाे भएकाे, साधुलाई चाेरकाे रुपमा र चाेरलाई साधुकाे रुपमा, कक्षामा बसेर पढिरहँदा आफैंलाई पढाउने शिक्षकलाई एउटा खलासीमा कन्भर्ट गर्दा कस्ताे खलासी जस्तै देखियो।

आज हिड्दा हिड्दै बाटाेमा देखिएकाे पागल मान्छे, जसले नानाथरी फाेहाेर कुरा बाेल्दै कसैलाई गालि गरिरहेकाे थियाे। अचम्म लाग्याे यदि उसकाे दिमागले कामै गर्दैन भने कसरी उसलाई थाहा भयाे कि त्यस्ता  शब्द बाेले गालि गरेकाे ठहरिन्छ??  फाहाेरी लुगा ,न खुट्टामा जुत्ता,क पाल लट्टा परेकाे, दारी सिस्नु घारी जस्ताे भएकाे मान्छेलाई पनि सुटेट बुटेट भएकाे कल्पना गर्दा खत्रा देख्याे। बिद्यादेवी भन्डारीलाई पनि कर्णालीकाे दुर्गम महिला जसलाई केही थाहा छैन,मैला र झुत्राझाम्रा कपडा,काखमा र पिठ्युँमा दुबैतिर बच्चा बाेकेर पानी लिन परकाे गाउँतिर जाँदै गरेकी,कठै ! त्यस्ताेमा कन्भर्ट गर्छ र त्यस्तै त्यस्तै देख्दिन्छ।।

हाे,  असम्भव पनि लाग्दैन र याे झुट हाे जस्ताे नि लाग्दैन। जाे जे  बन्न पनि सक्छ, आखिर समयकाे कुरा न हाे।
फेरि ती धेरै बिद्यादेवीहरु बिद्याकै अभावमा कर्णाली र कुना काप्चामा थन्किन वाध्य छन् । उनिहरुको क्षमता गर्भमै तुहिन्छ र सग्लो मान्छेको स्वरुप मात्र धर्तिमा आईपुग्छ। त्यहि शरिरलाई पनि छाउपडी र के के हो केके कुरितिहरुले कक्राईरहन्छ। उनिहरु पनि देशका एक चम्किला तारा र अलौकिक बिद्याहरु हुन्। जुन कुरा यो दोषी चस्माले मात्र देख्न सक्छ ।
जजसलाई जे जे देखे पनि याे दाेषी चस्माले भगवान बुद्धलाई कहिल्यै नराम्राे देखेन,शान्तिका अग्रदुत नै देख्याे।हिमाललाई आफ्नै दाँत झै झल्किएकाे देख्याे जसले मुहारकै शाेभा बढाईरहेकाे छ। आफ्ना बा आमालाई भगवान झैं देख्याे र आफ्नाे देश नेपाललाई सदा सदा आफ्नाे मातृभुमि र कर्म भुमी देख्याे।।

यो मेरो आँखा दोषी कि चस्मा?????
क्रमश:,,,,

दोषी चस्मा