खेल

म्याराथनमा नेपाललाई स्वर्ण

म्याराथनमा नेपाललाई स्वर्ण

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।

पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाए। बोगटीले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै स्वर्ण पद जितेका हुन् ।