मनोरञ्जन

अभिनेत्री ऋचाले विवाहपछि लेखिन् यस्ताे स्टाटस...

अभिनेत्री ऋचाले विवाहपछि लेखिन् यस्ताे स्टाटस...

अभिनेत्री ऋचा शर्माको विवाह भएको छ। दुई साताअगाडि उनका साथीहरुले पोखरामा उनलाई ब्याचलर्स पार्टी दिएपछि उनले विवाहको तयारी गरेको बताएकी थिइन्।

ऋचा आफैंले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राखेर विवाहको मिति र श्रीमानको नाम सार्वजनिक गरेपछि आज विवाह गरेकी हुन्। उनी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी हुन्।

बिहेको फोटो शेयर गर्दै उनले भनेकी छन्, 'जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।'

लामो समयदेखि यी दुवै प्रेम सम्बन्धमा भए पनि दुनियाँको नजरबाट लुकाउन सफल भएका थिए। दिपेक्ष लबिम मलका म्यानेजर हुन्। ऋचा अहिले रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिकामा छन् ।