मनोरञ्जन

५६ हजारको चप्पलको कारण चर्चामा कविर सिंह अभिनेत्री कियारा आडवाणी

५६ हजारको चप्पलको कारण चर्चामा कविर सिंह अभिनेत्री कियारा आडवाणी

एजेन्सी।  चलचित्र 'कबिर सिंह' बाट एकाएक चर्चामा आएकी अभिनेत्री कियारा अडवाणी यतिखेर फिल्मी नगरीमा चर्चित अभिनेत्रीको रुपमा चिनिन्छिन। कबिर सिंहको सफलतासंगै उनलाई अहिले चलचित्रमा काजम गर्न भ्याई नभ्याई नै परेको छ ।  

कियारा यतिखेर अक्षय कुमार, दिलजीत दोसांझ र करीना कपूरसँगै आफ्नो आगामी फिल्म 'गूड न्युज'को प्रमोसनमा व्यस्त छिन् ।

अभिनेत्रीहरु करीना, मलाइका, जाह्नवी र सारा बेलाबेलामा जिमको बाहिर स्पोट हुने गरेका छन् यसै सुचिमा अब भने कियाराको नाम पनि थपिएको छ।  कियारा हालै जिमबाहिर हरियो ड्रेसअपमा देखिइन् । उनि अहिले हरियो ड्रेसअपका कारण भन्दा पनि चप्पल र ह्यान्ड ब्यागका कारण सञ्चारमाध्यममा छाएकी छिन ।  

कियाराले बिश्व चर्चित फ्रेन्च फेशन लक्जरी ब्रान्ड हर्मसको कालो कलरको ओरान स्यान्डल लगाएकी छिन।  जसको बजार मूल्य ६५० डलर यानी करिब ५६ हजार भारतीय रुपियाँ पर्ने बताईएको छ।  

त्यस्तै उनले हातमा बोकेको ह्याण्ड ब्यागको मूल्य पनि भारतीय १ लाख ३६ हजार पर्ने बताईएको छ।  

 

 

कियारा आडवाणी