यौन-शिक्षा

महिलाहरुले कण्डम मन नपराउनुका ४ कारण

महिलाहरुले कण्डम मन नपराउनुका ४ कारण

सेक्स जहिले पनि सुरक्षित रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि सेक्स गर्नेले त  विशेष ध्यान पुर्याउनु पर्छ । असुरक्षित सेक्सका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग गर्ने गरिएको छ । यो नै सबैभन्दा सजिलो साधनको  रुपमा पनि परिचित छ ।

सुरक्षित सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान  मानिन्छ । जसले विभिन्न संक्रमणबाट समेत जोगाउन  मद्धत गर्छ । तर, धेरै महिलाहरुलाई कण्डमको प्रयोग मनपर्दैन । यसका मुख्य चार कारणहरु रहेका छन् ।

१ चरम आनन्दको कमी  

केही युवतीहरुका अनुसार कण्डम लगाएर सेक्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरुलाई सेक्स पार्टनरले कण्डम लगाएको मनपर्दैन । उनीहरुलाई ‘स्किन टु स्किन टच’ मनपर्छ ।

२. बासना

केही युवतीहरुले  कण्डमको बासनालाई लिएर आफ्नो पार्टनरसँग विवाद गर्ने गरेको पाइएको छ । उनीहरुलाई कण्डमको बासना मनपर्दैन ।

३.एलर्जी

धेरैजसो महिलाहरुका अनुसार कण्डम प्रयोग गरेर सेक्स गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु कण्डमका कारण आफ्नो प्राइभेट पार्टमा पोल्ने गरेको बताउने गर्छन् ।

४  फुट्ने डर

सेक्सको समयमा महिलाहरुलाई कण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो सेक्स आनन्द लिन सक्दैनन् ।
जे सुकै भएपनि प्रत्येक जोडीले सुरक्षित यौनसम्पर्क गुर्नपर्छ । विभिन्न समस्या एवम रोगहरुबाट संक्रमण हुनुभन्दा सुरक्षित यौन आनन्द लिनु नै हाम्रा लागि फलदायी हुन्छ ।