समाचार अपराध सुरक्षा

नेपालले पनि विदेशमा गुप्तचर खटाउने तयारी गर्दै

नेपालले पनि विदेशमा गुप्तचर खटाउने तयारी गर्दै

काठमाडौं – पछिल्लो समय नेपालमा विभिन्न देशका गुप्तचरले जासुसी गरिरहेकोको अवस्थामा अब नेपालले पनि विदेशमा गुप्तचर खटाउने तयारी गरिहरेको छ। नेपालले विदेशमा बसेर जासुसी गर्न ‘रअ’ र ‘सिआईए’ जस्तै एजेन्ट खटाउने तयारी गरिरहेको हो। हालसम्म विदेशमा जासुसी गर्ने नेपालसँग कुनै पनि संयन्त्र नभएको अवस्थामा गुप्तचर खटाउने तयारी गरिरहेको हो। नेपाल सरकारले अब विदेशमा गुप्तरचरी गर्ने व्यवस्था गर्न कानुन नै ल्याएर गुप्तचर खटाउने तयारी गरेको हो।

सरकारको उक्त्त प्रस्तावीत कानुन राष्ट्रियसभामा विचाराधीन ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा नेपालले विदेशमा गएर जासुसी गर्न सक्ने व्यवस्था गरिएको छ । नेपालले कुनै पनि देशमा गुप्तचर नखटाएको भएतापनि नेपालमा भने भारत, पाकिस्तान, अमेरिका, चिन, बेलायतलगायतका देशले गुप्तचर पठाएका छन् ।

विधेयकमा गुप्तचरी भ्न्नाले ‘बाह्य राष्ट्र वा निकायबाट हुन सक्ने नेपाल विरुद्धका जासुसीजन्य गतिविधिलाई गोप्य रुपमा रक्षात्मक, प्रतिरक्षात्मक र प्रतिकारात्मक कार्यमार्फत रोकथाम वा निस्तेज गर्ने काम हो’ भनिएको छ । विधेयकमा प्रति गुप्तचरी गर्ने संयन्त्र राष्ट्रिय अनुसन्धान विभागमा हुने प्रस्ताव गरिएको छ । राअविले हाल नेपालमा मात्रै गुप्तचरी गर्दै आएको छ ।

प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा विभागले पाएका सुचनाहरुलाई सञ्चार माध्ययम वा अन्य माध्ययममा साङकेतिक रुपमा अभिलेख गर्नुपर्ने हुन्छ । गुप्तचरीको नीति बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति बनाइने त्यसमा गृहमन्त्री, अर्थमन्त्री, रक्षामन्त्री, सञ्चारमन्त्री, परराष्ट्रमन्त्री, मुख्यसचिव, विभागका मुख्य अनुसन्धान अधिकृत र प्रधानमन्त्री कार्यालयका एक सचिव रहने व्यवस्था छ ।

विधेयकअनुसार गुप्तचर विभागले पाएका सूचना प्रधानमन्त्रीलाई रिपोर्ट गर्नुपर्ने व्यवस्था छ । यो गुप्तचरीको हाइकमाण्ड प्रधानमन्त्री मातहत हुने व्यवस्था गरिएको छ । यो विधेयक संसदको चाल अधिवेशनबाट पास गराउने सरकारको तयारी रहेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने यो विधेयकको विरोध जनाइरहेको छ ।

उल्लेखित समाचार पब्लिक न्युज एजेन्सी डट कम (publicnewsagency.com) बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट समाचार साभार गरी निःशुल्क रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।