शेयर

५ दशमलव ५३ अंकले बढ्यो नेप्से, कारोबार रकम पुग्यो ६२ करोडभन्दा बढी

५ दशमलव ५३ अंकले बढ्यो नेप्से, कारोबार रकम पुग्यो ६२ करोडभन्दा बढी

काठमाडौं- सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ५३ अंकले बढेर १ हजार १ सय ६७ दशमलव ९५ अंकमा कायम भएको छ। 

सोमबार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। १ सय ७७ वटा कम्पनीको १४ लाख ९१ हजार कित्ता सेयर ७ हजार ३८ पटक खरिदबिक्री हुँदा ६२ करोड २३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

सोमबार बैंकिङ, विकास बैंक, जलविद्युत र वित्त समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक २ सय ५६ दशमलव ५३ अंकले बढेको छ। 

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै १० करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै, कारोबार सेयर संख्याका आधारमा भने शिवम् सिमेन्ट अग्रस्थानमा देखिएको छ। 

सोमबार सबैभन्दा बढी कमाउनेमा शिवम् सिमेन्टका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ६७ प्रशितका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा माउन्टेन हाईड्रो नेपाल लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ५५ प्रतिशतका दरले गुमाएका छन्।