कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आज

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आज

काठमाडौंः पटकपटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बोलाइएको छ । बैठक दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बोलाइएको हो । संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक विवादका कारण पटकपटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रिय समितिको बैठक आज बोलाइएको हो ।

विभाग गठन, नेविसंघलगायतमा भागवण्डा नमिल्दा बिहीबारका लागि निर्धारण गरिएको बैठक आजका लागि सारिएको हो ।

सहमति जुट्न नसकेपछि केन्द्रिय समिति बैठक ४ पटकसम्म स्थगित भइसकेको छ । गत मंसिर २६ गतेबाट सुरु बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको ९ वटा एजेण्डाका अधिकांश बुँदामा असहमति जनाउँदै संस्थापन इतरपक्षले बैठक बहिस्कार गर्दै आइरहेका छन् । 

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक रामचन्द्र पौडेल

संम्बधित खबर