स्वास्थ्य

डडेल्धुरामा १ सय ३६ जना एचआइभी संक्रमित भेटिए

डडेल्धुरामा १ सय ३६ जना एचआइभी संक्रमित भेटिए

डडेल्धुरा। डडेल्धुरामा एचआइभी संक्रमित १ सय ३६ जना रहेको तथ्याकं सार्वजनिक भएको छ ।

एचआईभी संक्रमितमध्ये ९६ जनाले मात्रै नियमित औषधि एआरटि सेवन गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । बाँकी संक्रमित पुन: कामका लागि लाहुर वा भारत नेजा भएकाले नियमित औषधि सेवन नगरेको तथ्याकंले जनाएको छ ।

१ सय ३६ मध्ये आठजनामध्ये बच्चा समेत एचआइभी संक्रमित रहेका छन्। संक्रमितमध्ये ४३ पुरुष र ५३ महिलाले नियमित एआरटि लिइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

बैदेशिक रोजगारका लागि भारत लगायत तेस्रो मुलुक जाने युवाका कारण जिल्लामा एचआइभी संक्रमितको संख्या वृद्धि हुँदै गएको हो । २०७३ सालमा १०७ जना एचआइभी संक्रमित रहेको डडेल्धुरामा ०७४ मा १सय २१ पुगे भने हालसम्म आउँदा १ सय ३६ जना संक्रमित भएको तथ्याकं स्वास्थ्य कार्यालय डडेल्धुरासँग रहेको छ ।

HIV/AIDS