हाम्रो पात्रो विज्ञापन
समाचार

शाहीलाई प्रहरीले भन्यो – ‘तपाईमाथि आक्रमण हुन्छ, हामी सुरक्षा दिन सक्दैनाैँ'

शाहीलाई प्रहरीले भन्यो – ‘तपाईमाथि आक्रमण हुन्छ, हामी सुरक्षा दिन सक्दैनाैँ'

काठमाडाैँ – कानुन बमोजिम सार्वजनिक स्थानमा गर्न पाउने कार्यक्रम नगर्न प्रहरीले आग्रह गरेको आरोप लगाइएको छ। भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द बहादुर शाहीले बुटवलको मिलन चोकमा भ्रष्टाचारविद्धको कार्यक्रम गर्न खोजेपछि प्रहरीले नै फोन गरेर कार्यक्रम नगर्नको लागि आग्रह गरेको आरोप लगाएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी हेम कुमार थापाले शाहीलाई आज एकविहानै फोन गरेर कार्यक्रम नगर्नको लागि जानकारी गराएका थिए। शाहीले नेपाल आजसँग कुरा गर्दै भने,‘ एसपी सापले एकाविहानै मलाई फोन गरेर कार्यक्रम नगर्नु, हामीले सुरक्षा दिन सक्दैनौ, तपाईमाथि आक्रमण हुन्छ।’

शाहीले थप्दै भने, एसपी सापले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल आउने भएकाेले नेकपाका कार्यकर्ताहरुले तपाईमाथि आक्रमण गर्छन्, कार्यक्रम नगर्नुहोस्।’ यसरी सुरक्षा दिने निकाय नै सुरक्षा दिन सक्दैनौ भन्दै पन्छिएपछि शाही अचम्भित भएका छन्।

उनले भने,‘ नेपालको संविधानको धारा १७ मा शान्तिपूर्ण रुपमा बिना हात हतियार भेला गर्न पाउने, छलफल गर्न पाउने, आफ्नो अभिब्यक्ति राख्न पाउने स्पष्ट रुपमा ब्यवस्था गरिएको छ।’ उनका अनुसार यस्ता कार्यक्रम गर्दा सुरक्षा निकायको सुरक्षा दिनु कर्तब्य रहेको छ। तर सुरक्षा निकाय पन्छिएको उनले बताए। भ्रष्टाचार विरोधी अभियान्ताहरुसँग शाही भ्रष्टाचारविद्धको कार्यक्रम गर्न बुटवल पुगेका थिए। 

त्यस्तै शाहीको जीवन रक्षा तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न राष्ट्रिय मनाव अधिकार आयोगले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई पत्र समेत लेखेको छ। यता रुपन्देही प्रहरी प्रमुख थापासँग बुझ्दा शाहीलाई कार्यक्रम गर्न कुनै सुरक्षा निकायले नरोकेको बताए। उनका अनुसार कार्यक्रम नगर्नको लागि कुनै आग्रह गरिएको छैन। एसपी थापाले भने,‘ कार्यक्रम गर्नु नगर्नु शाही जीको कुरा हामी सुरक्षा दिन सक्षम छौ।’

ADVERTISEMENT