समाचार

मोटरसाइलको ठक्करबाट बैँकका सुरक्षा गार्डको मृत्यु

मोटरसाइलको ठक्करबाट बैँकका सुरक्षा गार्डको मृत्यु

धनगढीः कैलालीमा गाउँपालिकाको मोटरसाईकलले ठक्कर दिँदा घाइते भएका बैंकका गार्डको मृत्यु भएको छ । गत पुष ५ गते गौरीगंगा नगरपालिका वडा नम्वर–३ झिल स्थित पूर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मोहन्याल गाउँपालिकाको से १ ब ६९१ नम्वरको मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका राष्ट्रिय बाणिज्य बैंक शाखा चौमलाका गार्ड ३७ बर्षीय प्रेमराज ओझाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ओझाको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको बताए । ओझालाई ठक्कर दिने मोटरसाईकल र  चालक मोहन्याल गाउँपालिकाका कर्मचारी ४० बर्षीय दिपेन्द्र बुढा प्रहरीको नियन्त्रणमा रहेका छन् । (फाइल फोटो)

कैलाली राष्ट्रिय बाणिज्य बैंक बैंक गार्ड