विदेश

बुर्किना फासोको चर्चामा बन्दुकधारीको आक्रमण, १४ जनाको मृत्यु

बुर्किना फासोको चर्चामा बन्दुकधारीको आक्रमण, १४ जनाको मृत्यु

एजेन्सी – बुर्किना फासोको एक चर्चामा बन्दुकधारीको आक्रमण परी १४ जनाको मृत्यु भएको छ ।पूर्वी क्षेत्रअन्तर्गतको हान्तोउकोउरामा एउटा चर्चमा भेला भएका व्यक्तिलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गरेका थिए ।

बुर्किना फासोका अधिकारीहरुले आक्रमणकारीको खोजी भइरहेको जनाएका छन् । अहिलेसम्म कुन समूहले कुन उद्देश्यका लागि आक्रमण गरेको हो भन्ने विषयमा केही खुल्न आएको छैन ।

पछिल्लो केही समयदेखि बुर्किना फासोमा धार्मिक तथा सम्प्रदायिक दंगाहरु बढ्दै गएका छन् ।आइतबार चर्चामा भेला भएका व्यक्तिलाई लक्षित गरी भएको आक्रमणमा चर्चाका पादरीसहित बालबालिकाको समेत मृत्यु भएको जनाइएको छ ।

अघिल्लो महिना मात्रै खानीमा काम गर्ने मजदुरहरु बोकेको बसमाथि बन्दुकधारीहरुले आक्रमण गरेका थिए । उक्त आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो ।