खेल

नेपालको स्वर्ण संख्या १५ पुग्यो

नेपालको स्वर्ण संख्या १५ पुग्यो

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला टिम पुम्सेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ।यो सँगै तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ भने पुरा स्वर्ण १५ पुगेको छ।

२३ देखि २९ वर्षसम्मको समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईको टोलीले श्रीलंकालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो। नेपाली टोलीले ७.९२० स्कोर गर्दा श्रीलंकाको टोलीले ७.८१० र कास्य पदक विजेता पाकिस्तानको ७.५२० स्कोर प्राप्त गरेको थियो।

(हालसम्म नेपालले जितेको स्वर्ण)

तेक्वान्दोः

-पुरुष एकल पुम्से (२३-२९ वर्ष): कमल श्रेष्ठ

-महिला एकल पुम्से (१७-२३ वर्ष): सिना मादेन लिम्बु

-महिला पुम्से (२३–२९ वर्ष): पार्वती गुरुङ

-महिला एकल पुम्से (२९ वर्षमाथि): आयशा शाक्य 

-पुम्से जोडीः आयशा शाक्य र सञ्जिव कुमार ओझा

-महिला पुम्से टिम: निशा दर्नाल, स्वस्तिका तामाङ र संजिला तिमल्सिना (१७ देखि २३ वर्षसम्मको समूह)

-महिला पुम्से टिम: निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (२३ देखि २९ वर्षसम्मको समूह)

कराँतेः

-एकल काताः मन्डेकाजी श्रेष्ठ

-महिला टिम काता

-पुरुष टिम काता

-पुरुष कुमुते ५५ केजीः लक्ष्मण तामाङ

-पुरुष कुमुते ८४ केजीमाथिः विप्लवलाल श्रेष्ठ

-महिला कुमुते ४५ केजीमाथिः कुशुम खड्का

-कुमुते महिला ५० केजीमुनि: अनु अधिकारी

ट्रायथ्लनः

-ट्राइथ्लन महिलाः सोनिका गुरुङ