यौन-शिक्षा

सेक्स गर्दा कण्डम महिलाको गुप्ताङ्गमै अड्किए के गर्ने ?

सेक्स गर्दा कण्डम महिलाको गुप्ताङ्गमै अड्किए के गर्ने ?

एजेन्सी । कैयौ पटक यस्तो हुन्छ कि सेक्स गर्ने क्रममा कुनै कारणवश कण्डम महिलाको गुप्ताङ्ग (योनी)मै अड्किन जान्छ । यसबेला जोडीलाई निकै अप्ठेरो आइलाग्छ । अवस्था निकै असहज हुनजान्छ । हामी तपाईलाई बनाइरहेका छौं यस्ता उपाय जसले कण्डमलाई गुप्ताङ्गबाट सजिलै बाहिर निकाल्न सकिन्छ ।

नआत्तिनुस्ः यस्तो स्थितीमा सबैभन्दा जरुरी हुन्छ कि तपाई नआत्तिनुस्, शान्त रहनुस् । यो जान्नुस् कि कण्डम त बाहिर निस्किहाल्न छ यसकारण चिन्ताको कुनै कुरै छैन् ।

हातको औलाको प्रयोग गर्नुस्ः यसका लागि तपाईको हातको औला सफा र नङ काटेको हुनुपर्छ । र, विस्तारै औला योनीभित्र छिराई तपाई कण्डम खोजेर समात्ने प्रयास गर्नुस् ।

उठबस गर्नुस्ः यस्तो स्थिती आउँदा तपाई उठेर बसेर (उठबस)को सहारा लिएर कण्डमलाई बाहिरतर्फ पुस गर्नसक्नुहुन्छ ।

कुर्सीको सहारा लिनुस्ः कण्डम भित्र अड्किएको अवस्थामा कुर्सीमा खुट्टा राखेर अली टाइट तरिकाले बस्नुस्, यसबाट पनि कण्डमलाई बाहिरतर्फ पुस (धकेल्न) मद्दत मिल्नेछ ।

आफ्नो पार्टनरको मद्दत लिनुस्ः यस्तो अवस्थामा सबैभन्दा प्रभावकारी सहयोग तपाईको सेक्स पार्टनरको हुनसक्छ । उनसँग न लाज नमान्नुस् । सायद तपाईको दृष्टिले कण्डम देखिराखेको हुँदैन, यस्तो बेला तपाईको पार्टनर गुप्ताङ्गभित्र अड्किएको कण्डम निकाल्नमा ठूलो सहयोग गर्नसक्छ ।

एक्सपर्टको मद्दत लिनुस्ः जब यी सबै तरिकाबाट पनि काम भएन भने तुरुन्त एक्सपर्ट (डाक्टर)को मद्दत लिनुस् र न लजाउनुस् । अन्यथा यसबाट गम्भीर रोग लाग्न सक्छ ।