समाचार

पाँचथरमा भेटियो दुई मानव कंकाल, एकको पहिचान खुल्यो

पाँचथरमा भेटियो दुई मानव कंकाल, एकको पहिचान खुल्यो

फिदिम। पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कंकाल भेटिएको छ । दुवै मावन कङ्काल पुरुषका भएको पाइएको छ । भेटिएको कङ्कालमध्ये एउटाको पहिचान खुलेको छ भने एउटाको खुल्न बाँकी छ ।

प्रहरीका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको खोल्सीमा गत आइतबार स्थानीयवासीले मानव कङ्काल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त कङ्काल फिदिम नगरपालिका वडा नं ८ का ५२ वर्षीय हर्कबहादुर सुनुवारको रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

सुनुवार गत असार तेस्रो सातादेखि बेपत्ता रहेका पारिवारिक स्रोतले जनाएको छ ।  

यस्तै आइतबार नै फिदिम नगरपालिका वडा नं १४ लुङरुपामा अर्को मानव कङ्काल पनि फेला परेको छ । उक्त मानव कङ्काल पुरुष व्यक्तिको रहेको कपडा तथा कङ्कालसँगै रहेका अन्य सामग्रीका आधारमा पहिचान भए पनि कसको हो भन्ने पत्ता लाग्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जनाएका छन ।  उक्त मानव कङ्काल झण्डै छ महिनाअघिबाट सडेको अनुमान गरिएको छ ।  

मानव कंकाल पाँचथर