यौन-शिक्षा

कण्डम प्रयोग गर्दा यी ९ गल्तीबाट बच्नुहोस्

कण्डम प्रयोग गर्दा यी ९ गल्तीबाट बच्नुहोस्

मानिसहरु यौन सम्पर्कका बेला कण्डम प्रयोग गर्छन् । तर अधिकांश यसको सही प्रयोग जान्दैनन् । कण्डम प्रयोग गर्ने बेला धेरै खालका सावधानी पनि अपनाउनुपर्छ ।
१. खोल्ने तरिका: कण्डमको सही प्रयोगका लागि यसलाई सावधानीपूर्वक बाहिर निकाल्न प्याकेट पनि सही तरिकाले खोल्नुपर्छ । कण्डमको प्याकेटको मध्यभागबाट खोल्नु हुँदैन । साइडबाट मात्र खोल्नुपर्छ । खोल्दा दाँतको प्रयोग कहिल्यै गर्नुहुँदैंन । दाँतको प्रयोग गर्नाले कण्डमका प्वाल पर्न सक्छ ।
२. लुब्रिकेन्ट्सको प्रयोग : कण्डमको प्रयोगको समय हातमा वाटर बेस्ड लुब्रिकेन्ट्सको प्रयोग गर्न सकिन्छ ।
३. खराब कण्डमको प्रयोग: कण्डम प्रयोग गर्नुअघि सबैभन्दा पहिले एक्सपायरी डेट हेर्नुपर्छ । मिति समाप्त भएको कण्डम फुट्ने, च्यातिने डर हुन्छ ।
४. हावा रहनु : कण्डममा हावा बाँकी रहँदा फुट्ने र लेटेक्समा बढी दबाब रहने सम्भावना हुन्छ । यसले कण्डम लगाउनुअघि हतार नगरी टुप्पो समाएर हावा रहन दिनुहुन्न ।

कण्डम लगाउनुअघि लिंग पूर्ण रुपमा उत्तेजित हुनुपर्छ र वीर्य स्खलन भएपछि लिंगको तनाव समाप्त हुनुअघि नै कण्डम निकाल्नुपर्छ । यसैले यसको प्रयोगका लागि उत्तेजनापछि र स्खलनलगत्तै गर्नुपर्छ ।

५. सफाइमा ध्यान दिनुपर्छ : कण्डम प्रयोग गर्नुअघि सरसफाईमा ध्यान दिनुपर्छ । यसलाई लगाउनुअघि हातलाई क्लिन्जरले राम्ररी धुनुपर्छ ।
६. सही उपयोग : कण्डम लगाउनुअघि लिंग पूर्ण रुपमा उत्तेजित हुनुपर्छ र वीर्य स्खलन भएपछि लिंगको तनाव समाप्त हुनुअघि नै कण्डम निकाल्नुपर्छ । यसैले यसको प्रयोगका लागि उत्तेजनापछि र स्खलनलगत्तै गर्नुपर्छ ।
७. दोहोर्याएर प्रयोग गर्नुहुन्न : एकपटक प्रयोग गरेपछि कण्डम अर्कोपटक प्रयोग गर्नुहुन्न । यसलाई प्रयोगपछि गाड्नु या डस्टबिनमा फाल्नुपर्छ । त्यसपछि राम्ररी हात धुनुपर्छ ।
८. एकसाथ प्रयोग गर्नुहुन्न : कण्डमको प्रयोग अघि ध्यान दिनुपर्ने कुरा के हो भने महिला, पुरुषमध्ये एकले मात्र प्रयोग गर्नुपर्छ । दुवैले एकसाथ प्रयोग गर्नुहुन्न ।
९. भ्रम र सत्य :अधिकांश पुरुषहरु कण्डम प्रयोग गर्नाले सेक्सको आनन्द उठाउन सकिदैन कि भन्ने भ्रममा हुन्छन् । तर यो भ्रमलाई मनबाटै हटाउनुपर्छ । बरु यसको प्रयोगबाट कयौं प्रकारका बिरामी, संक्रमण र असुरक्षित यौनसम्बन्धबाट बँच्न सकिन्छ ।