कला साहित्य

......., तर म त्यस्ताे भुल किन गर्न सक्थे र ?

......., तर म त्यस्ताे भुल किन गर्न सक्थे र ?

आँखाभरी अनगिन्ती सपना छन सायद, तिनै अनगिन्ती सपनाले गर्दा हाेला आजभाेली आँखा पनि राम्राेसँग खुल्न सकेकाे छैन ।।
लाग्छ कहिले यी आँखामा नअटाउने सपनाहरुलाई साउने भेलसरी बगाएर पखालिदिउ,, तर म त्यस्ताे भुल किन गर्न सक्थे र ??
आफैले जन्माएकाे सपनालाई आफै मार्नु पनि त भएन नी ।

आधा आधी त बिलाएरै गईसके अनि केही चाहिँ कुहिएर।
तिनै सडेगलेका सपनासँग मिसिएर बसेका सकुशल केही सपनाका अंशहरु कुहिएर नजनलान पनि त भन्न सकिन्न ।।

अठाेट गर्छु बचेका सपनाका सन्ततीलाई जाेगाएर राख्नेछु ,,तर यदि बाटो मोडिएर त्यहि माेडिएका बाटासँगै मेरा सपना पनि मोडिए भने?
त्यतिबेला म एक पाईला पनि सार्न नसक्ने भईसकेकाे हुनेछु, अनि मेरा ती सपनाहरुलाई जन्म दिन पनि...... । 

जवानी अनि उमेर सधै एकनासकाे रहिरहदैन, मेरा ती चाउरिपरेका गाला र बत्तिस मुजा परेका गालाहरु हास्दा पनि कति नराम्रा देखिन्छन् हाेला है? 
पावरवाला चस्मा नलगाई आफ्ना सन्तती समेत चिन्न नसक्ने हुदा झन म कस्ताे हुन्छ हाेला?

मेरो आँखालाई यदि केहिबेर नियालेर हेर्ने हाे भने सपना आधा अनि डर आधा देखिन्छ हाेला। सपना पूरा हुने क्रममा डर हराउछ भनेकाे सुनेको थे के याे साच्चै हाेला त ?
भएकै राम्राे कमसेकम तनाव त हुन्न थ्यो। 
जब सासले आस छाेड्नेछ अनि सपनाले बाटो माेड्नेछ त्यतिखेर त भगवानले पनि म सँग अग्निपरिक्षा लिनेछन

सपना पूरा गर्न नसक्नु नि त एउटा पाप नै हाेनी , त्यहि निहुँमा स्वर्गबाट मलाई नर्कतिर झारियाे भने? ती सपनाहरुले मसँग एकएक बदला लिनेछन । आस देखाईस बिचमै मारिस, किन ? भनेर प्रश्न पनि साेध्लान , त्यसैले त मैले अहिले पाप गर्न छाेडिसके नि मतलब सपना देख्न । 

मसँग अब केही थान सपना मात्र सुरक्षित छन, बरामद गर्न सक्छौ भने गर अनि चाेर्न सकेपनि,, 'जाे हाेगा देखा जाएगा'।।

सपना