समाचार

मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा

मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा

काठमाडौंः मानव विकास सूचाङ्कमा नेपाल १४७औँ स्थानमा रहेको देखिएको छ । सयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार १ सय ८९ देशमध्ये नेपाल १४७ औँ स्थानमा देखिएको हो ।

दक्षिण एसियाली देशमा नेपाल र अफगानिस्तान सबैभन्दा पुछारमा परेका छन् । मंगलबार सबै प्रदेशसहित अर्थमन्त्री डा. युवराज खतिवडाले एक कार्यक्रमकाबीच रिपोर्ट सार्वजनिक गरेका हुन् ।

प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचांक औषतमा ०.५२ प्रतिशतले बढेको छ ।

त्यस्तै जन्मदरको औषत आयु १६.१, विद्धमान शिक्षाको मध्यम वर्ष २.८ र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ ले वृद्धि भएको छ । प्रतिवेदन अनुसार दक्षिण एसियाली भेगको मानव विकास निकै उच्च दरले बढेको देखिएको छ ।

नेपाल मानव विकास सूचाङ्क