समाचार

भारतीय उच्च अदालतको फैसला: अयोध्याको विवादित भुमिमा राम मन्दिर बनाउन आदेश

भारतीय उच्च अदालतको फैसला: अयोध्याको विवादित भुमिमा राम मन्दिर बनाउन आदेश

भारतको सर्वोच्च अदालतलले अयोध्याको राम जन्मभुमीबारे ऐतिहासिक फैसला सुनाएको छ।

७० वर्ष देखि विवाद रहेको स्थानमा राम मन्दिर बनाउन मिल्ने गरि शनिबार सर्बोच्चको आदेश आएको हो।५ सय वर्ष पुरानो विवाद विगत ७० बर्षदेखि अदालतमा चलिरहेको थियो। विवादलाई टुंगो लगाउँदै विवादमा रहेको अयोध्याको २  दशमलव ७७ एकड जमिनमा राम मन्दिरलाई दिन आदेश दिएको छ।

अदालतले विवादास्पद जमिन मुस्लिम तथा निर्मोही अखडालाई नबाड्न समेत आदेश दिएको छ। यसअघी हिन्दु पक्षले तोडफोड गरेको बाबरी मस्दिजलाई अयोध्याभित्रै वैकल्पिक जमिन दिन आदेश दिएको छ। भारतका प्रधानन्याधीश रञ्जन गोगोइ सहितको ५ सदस्यीय वेञ्चले सर्वसम्मत रुपमा आदेश सुनाउँदै मुस्लिम पक्षलाई मस्जिद बनाउन ५ एकड जमिन दिन पनि भनेको छ।

अदालतले तीन महिना भित्र ट्रष्ट बनाएर मन्दिर बनाउने प्रक्रिया शुरु गर्न आदेश दिएको छ। अदालतले सर्वसम्मतिमै सिया वोर्डको दावीलाई खारेज गरेको छ। सिया समुदायले बनाएको मस्जिद सुन्नी समुदायलाई दिन नमिल्ने भन्दै दायर गरिएको रीट खारेज गरेको हो।

अदालतले निर्मोही अखडाको रीट पनि खारेज गरिएको छ। अखडाले गरेको दावीलाई खारेज गरि उसलाई कुनै पनि अधिकार दिइएन। यद्यपी अखडाको प्रतिनिधीलाई ट्रस्टमा समेटन भनिएको छ।अदालतले मस्जिद खाली जग्गामा नभइ मन्दिर भएको ठाउँमा रहेको आदेशमा भनिएको छ।

अयोध्यामा राम जन्मेको कुरालाई अदालतले विवादको रुपमा लिन अस्विकार गरेको छ।

अयोध्या