कला साहित्य

'म उसलाई कसरी भुल्न सक्थे र जो मेरो पहिलो प्रेम थिइ' !!

'म उसलाई कसरी भुल्न सक्थे र जो मेरो पहिलो प्रेम थिइ' !!

कलेज सकेर रुममा खाना खाएर सुत्नुपर्ने मेरो दैनिकी बनेको थियो। त्यसै क्रममा एकदिन त्यतिबेला  करिब ३ बजेको हुदो हो अचानक गाउबाट साथी आयो । हामी उनको अनि मेरो बारेमा कुरा गर्दै जिस्किरहेको थियौ।

गाउँबाट आएको साथीले सुनाएको कुराले म निलोकालो भए ममाथि आकाश खसेझै भयो।  उसले मेरी उनि  बिहे गर्दै छिन् भन्ने सुनाएको थियो। "तिमिहरु यहाँ सपना देखेर बस उता तेरि मायाको बिहे फिक्स भैसको " उस्ले भनेको थियो। उसले कुराले मैले आफुलाइ थाम्नै सकिन। आफुले प्राण भन्दा बढि चाहेको मान्छे आज अर्कैको हुदैछिन् भन्दा म कसरी सम्हालिन सक्थे र । मस्त निन्द्रामा सुनेको एक बाक्यले मेरो निन्द्रा, भोक प्यास नै हराउला भनेर सायदै सोचेको थिए । तर भईदियो त्यहि जुन नियतिले गरिदियो। सधै सुत्नेबित्तिकै निदाईहाल्ने म  अब न त निन्द्रा आउथ्यो न म केहि सोच्न नै सक्थे।

केबल एउटै कुरा दिमागमा आउथ्यो आखिर ऊस्ले के कारणले बिहे गर्न राजी भई जबकि उ ११ मा पड्दै थिइ न पढाइ पुरा गरेकी थिइ न त बिहे गर्ने उपयुक्त उमेर नै अब झन मनमा अनेकौ कुराहरु खेल्न थाले । कतैबाट उसको नम्बर खोज्नु थियो मलाई अनि सबै कुरा बुज्नु पनि ।त्यो बेलाको मजबुरी पनि कस्तो मसंग उसको नम्बर समेत थिएन हुन पनि कसरी होस् जबकी उसले मेरो प्रेम प्रस्ताबलाइ पहिले नै नकारी सकेकी थिइन् । तर म भने उसलाइ अझै पनि माया गर्थे एकतर्फि नै सहि। त्यसैबिच मलाइ एउटा नम्बर याद आयो जुन मेरा साथिहरुले जिस्केर यहि हो तेरी  कान्छि को नम्बर भन्दै जिस्काएका थिए।  मैले त्यो नम्बर कण्ठ त गरेको थिए तर आजसम्म कल गर्ने हिम्मत गरेको थिइन्।  

अब भने चेक गर्ने बाहाना जुरेको थियो मैले मेसेजबाटै मेरो परिचय दिदै 'चिनेउ' भने, 'चिने उम' उताबाट जवाफ आयो। 'अब बिहे गर्दै छेउ रे भन्ने सुने के हो कुरो ? भनेर बुझ्दा उसले पनि खै मलाइ नै थाहा छैन कसरी मेरो बिहे फिक्स भयो । परिवारबाट आएको प्रस्ताब उस्ले नकार्न नसकेको बुझेँ मैले।

बिहे ३ दिन पछि थियो म भने कतैबाट फिल्ममा भएको चमत्कार मेरो जिन्दगिमा पनि हुन्छ होला कि,
बिहे केहि कसै गरि रोकिएला कि भन्ने आशामै थिए ।अझ बिहेको अघिल्लो रातसम्म पनि आस मारेको थिइन मैले। त्यति आशावादी थिए म कि कुनै फिल्ममा झै म जग्गेबाटै अपहरण गरिदिउ उसलाइ। अनेकौ कुरा मनमा खेलिरहेको थियो। सास रहुन्जेल आस भनेझै म अन्तिम समयसम्म पनि पर्खिरहेको थिए यो बिहे रोकियोस्‌ तर अफसोस नियतिले त्यहि गरिदियो जुन मैले सपनामा पनि सोचेको थिइन्।  उता उसको बिहे भयो तर म भने यता बेचैन थिए । मैले कति दिन खाना खाइन कति दिन राम्ररी सुतिन अनि उसकै यादमा कैयन पल भक्कानिए पनि। तर अब यी सबले केहि अर्थ राख्दैन थिए।

'म उसलाई कसरी पो भुल्न सक्थे र जो मेरो पहिलो प्रेम थिइ'। आफ्नो प्राण भन्दा बढी म उसलाइ चाहन्थे ,यो कुनै फिल्मी अनि देखावटि थिएन‌। मैले सच्चा हृदयले गरेको चोखो माया थियो। उसलाइ मन पराएको कुरा उनिसँग सिधै भन्ने आँट नभएर प्रेमपत्रहरु कति लेखेर सजाएर राखेको थिए । मैले उसलाइ मन पराउने कुरा त उसलाइ थाहै नभइ  यो मेरो कहानी अन्त्य हुने थियो सायद तर त्यतिबेला कसो कसो भएर मेरो पत्र दिदिबहिनीले  भेटेछन् र दिएछन उसलाइ । तर ऊसले मेरो पत्र पढेर अस्विकार गरेकी थिइ‌न । उनले हामीबिच बिहे सम्भब छैन र बिहे नहुने भएपछि टाइमपासको लागि प्रेम गर्दिन भनेर रिप्लाइ पत्र लेखेकि थिइ। तर पनि मनै थिए जसले उस्को रिजेक्ट पश्चात पनि हिम्मत हारेको थिइन। सधै उसलाइ प्रेम गरिरहने अठोट लिएको थिए र अझै पनि म उसलाइ प्रेम गरिरहेछु। 'पाउनु मात्र माया हैन गुमाउनु पनि माया हो' भन्ने मैले बुझिसकेको छु। 

अझ  आजकल उसको सम्बन्ध श्रिमानसंग राम्रो छैन भनेर सुन्दा मलाइ भने यदि मउसको श्रीमान भएको भए आज कथा छुट्टै हुने थियो भन्ने लाग्छ अझ भनौ एकखाले आशा जागृत हुन्छ मनमा। यो समाजको बन्धन नै तोडिदिऊ अनि उसलाइ आफ्नो बनाउ।  मनमा आज पनि उसकै निम्ति प्रेम छ अनि उसलाइ पाउने लाख लाख आशाका किरणहरु। उसले मलाइ समाजले हाम्रो सम्बन्ध स्विकार्दैन हामीबिच बिहे सम्भब नै छैन भनेर रिजेक्ट गरेकी थिइ तर त्यो कुन खाले बन्धन थियो मैले अझै बुजेको छैन। 

म एउटै प्रश्नको भुमरिमा छु 'के साच्चै हाम्रो सम्बन्ध समाजले स्विकार्ने थिएन त?
यो कस्तो सम्बन्ध अनि यो कस्तो प्रेम?? न म उस्लाइ भुल्न सक्छु न अरु कसैलाई त्यति धेरै प्रेम गर्न सक्छु  त्यतिबेला बेला उसको बिहे नहुदै हाम्रो बैबाहिक सम्बन्ध समाजले स्विकार्दैन भनेकी  उनि के अब झन बिबाह भैसकेपछि यदि मैले अपनाउन खोजेमा वा भनौ यदि उ र उसको श्रीमानको डिभोर्स भएमा मैले उनलाइ आफ्नो बनाउन चाहेमा सहमत हुन्छिन् त ???  हो मनमा यस्तै यस्तै कुरा खेलिरहन्छ आजकाल पनि। सायद आशाको भुमरीले मलाइ अझै बाहिर निक्लन दिएकै छैन कि?

-रामकृष्ण रिजाल 

#पहिलो माया#