समाचार

उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो, बासिन्दाहरु बेँसी झर्न सुरु

उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो,  बासिन्दाहरु बेँसी झर्न सुरु

मुस्ताङ।  शुक्रवार बिहानैदेखि उपल्लो मुस्ताङमा हिउँ पर्न थालेको छ। दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताएका छन।  

पानी र हिमपातका कारण यस स्थानको जनजीवन प्रभावित बनेको  छ साथै जाडो पनि बढेको छ। बस्ति तथा डाँडाहरुमा करिब दुई/ तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ ।   

चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् । चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन् । पोखरा, काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् । 

घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दाहरु गर्मी बढ्न थालेपछि फागुनमा मात्र घर फर्कने गर्छन्। 

मुस्ताङ हिमपात