विदेश

इरानमा ५.९ म्याग्नेच्युडको भूकम्प: ५ जनाको मृत्यु १२० भन्दा बढी घाइते

इरानमा ५.९ म्याग्नेच्युडको भूकम्प: ५ जनाको मृत्यु १२० भन्दा बढी घाइते

तहरान।  इरानमा उत्तरपश्चिमी क्षेत्रमा शुक्रवार बिहानै शक्तिशाली भुकम्प गएको छ। ५.९ म्याग्नेच्युडको भूकम्पका कारण ५ जनाको मृत्यु र १२० जनाभन्दा बढी घाइते भएका छन्। 

स्थानीय समयअनुसार बिहान साढे २ बजे पूर्वी इरानको अजरबैजन प्रदेशस्थित हस्ट्रुड शहरबाट ६० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ।

भुकम्पका कारण थुप्रै घरमा क्षति पुगेको छ। आपतकालीन टोलीहरू उद्धारमा खटिएको र रेडक्रसका टोलीहरू पनि पठाइएको विभिन्न संचार माध्यमहरुले जनाएका छन। ठुलो झट्का ४६ पटक परकम्प आएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसअघि सन् २०१७ मा इरानको केरमानशाह प्रदेशमा ७.३ म्याग्नेच्युडको भूकम्प जादाँ ६०० जनाले ज्यान गुमाएका थिए।

-एजेन्सी

 

 

भुकम्प इरान