खेल

टी–२० सिरिजः इंग्ल्याण्डद्वारा न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य

टी–२० सिरिजः इंग्ल्याण्डद्वारा न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको चौथो खेलमा पाहुना टोली इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित ओभरमा ३ विकेट गुमाएर २४१ रन बनायो । 

उसका लागि डेभिड मलान र कप्तान इओन मोर्गनले शानदार ब्याटिङ गरे । मलानले टी–२० करियकै पहिलो शतक बनाए । उनले ६ छक्का र ९ चौकाको मद्दतमा ५१ बलमा अनटआउट १०३ रन बनाए ।

यस्तै कप्तान मोर्गनले पनि टी–२० करियकै उत्कृष्ट ब्याटिङ गरे । उनले समान ७ छक्का र चौकाको सहयोगमा ४१ बलमा ९१ रनको योगदान दिए ।

टम ब्यान्टन ३१ र जोनी बेरिस्टो ८ रनमा आउट भए । बलिङमा मिचेल सान्टनरले २ र कप्तान टिम साउथीले एक विकेट लिए । पाँच खेलको सिरिजमा न्यूजिल्याण्ड २–१ ले अगाडि छ ।  

क्रिकेट सिरिज