स्वास्थ्य

यी सामान्य आदत जसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ, याद गर्नुहोस

यी सामान्य आदत जसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ, याद गर्नुहोस

युवामा रहेका केही खराब बानी स्वास्थ्यका दृष्टिले हानिकारक हुन सक्छ यस्तो बानी चाहेर पनि हटाउन सकिदैन । एकैपटक सबै बानी हटाउन पनि हटाउन संभव हुँदैन तर यस्ता बानीलाई एक एक गरेर हटाउन भने अवश्य  सकिन्छ ।

बेड टि 

बेड टिको बानीले गर्दा एसिडिटी तथा ग्याष्ट्रिकको समस्या हुन सक्छ । यसैले बेड टिको साटो मन तातो पानीमा मह तथा कागती मिसाएर सेवन गर्न सकिन्छ । यसले पाचनक्रिया सही हुनुको साथै रोग प्रतिरोधक क्षमता पनि बढाउँछ । रक्त संचार पनि सन्तुलित हुन्छ । यसको एक घन्टापछि चिया पिउनुपर्छ ।

जंकफूड

धेरैलाई घरको खाना भन्दा बाहिरको खाना खान मन पर्छ । साँझको समयमा धेरैजसोको बाहिरको खाना खाने बानी हुन्छ । घरमै बनाएको खाना खान छोडेर निम्की, पिज्जा, बर्गर खाने बानी हुन्छ । पेटमात्र भरिने यस्ता खानेकुराले शरिरमा पौष्टिक तत्व पुग्दैन । यस्ता खानेकुराले मोटो हुनुका साथै अन्य खानेकुरामा रुचि कम हुन्छ । यसैले साँझको समयमा भोक लागेमा जंक फूडको साटो फलफूल तथा घरमै बनाएको खानेकुरा खानु उचित हुन्छ ।

पानी नपिउने

कम पानी पिउँदा कन्स्टिपेसन, पेटको समस्या, पेट पोल्ने तथा थकान महसुस हुने गर्छ । त्यसैले दिनमा तीन चार लिटर पानी पिउनुपर्छ ।

रेशादार खानेकुरा

खानामा रेशादार खानेकुरा समावेश नगर्नु स्वास्थ्यका दृष्टिले राम्रा मानिदैन । यसैले बिस्कुट, पाउरोटीको साटो रोटी, तरकारीको सूप, सलाद तथा फलफूलको जुस खानुपर्छ । यी खानेकुरालाई खानामा समावेश गरेमा खराब खानेकुराको स्वाद बिर्सदै जान सकिन्छ ।

स्वास्थ्य