मनोरञ्जन

प्रेमगीत ३ को टिजर सार्वजनिक (टिजरसहित)

प्रेमगीत ३ को टिजर सार्वजनिक (टिजरसहित)

काठमाडौँ।  चलचित्र प्रेमगीत ३ को मोसन टीजर सार्वजनिक गरिएको छ। टिजरमा अभिनेता प्रदीप खड्कालाई फिचर्ड गरिएको छ।  

कार्तिक २२ गतेबाट छायांकनमा जाने चलचित्रको सुटिंग अगावै टिजर सार्वजनिक गरिएको हो।  सार्वजनिक टिजरमा प्रदीप खड्कालाई योद्धा अवतारमा देखिएको छ।  

छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको सिनेमालाई छेतेन गुरुङ र सन्तोस सेनले संयुक्त रुपमा निर्देशन गर्दै छन।  

आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र चैत २८ गते रिलिज हुनेछ। फिल्ममा प्रदीप खड्का साथमा क्रिष्टिना गुरुङले डेब्यु गर्दै छिन। 

यसका अलावा चलचित्र शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय रहनेछ।

टिजर प्रेमगीत ३