मनोरञ्जन

वीरगञ्जमा चलचित्र स्वर्णिम महोत्सव सुरु

वीरगञ्जमा चलचित्र स्वर्णिम महोत्सव सुरु

वीरगञ्ज । ‘तराई पहाड हिमालको उत्सव’ नाराका साथ आजदेखि वीरगञ्जमा ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ आजदेखि शुरु भएको छ । कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । कार्तिक २३ गतेसम्म चल्ने महोत्सवमा भारतीय अभिनेता गोविन्दाको पनि उपस्थिति छ । 

महोत्सवको पहिलो दिन कलाकारले वीरगञ्ज बजारमा प्रभात फेरी गरेका थिए । नेपाल चलचित्र निर्माता संघको मूल आयोजनामा भएको यो कार्यक्रममा सञ्चारमन्त्री गोकुल बाँस्कोटा तथा प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार लगायतको समेत उपस्थिति थियो ।

साथै वीरगञ्जमा नेपाली कलाकारको पनि बाक्लो उपस्थिति छ । सम्भवतः कुनै पनि महोत्सवमा कलाकारको यति ठूलो सहभागिता हुनु यो पहिलो हो । ३ दिनसम्म चल्ने महोत्सवमा चर्चित कलाकारहरुको उपस्थिति रहेको छ ।

महोत्सवमा नीर शाह, झरना थापा, दीपकराज गिरी, बसुन्धरा भुसाल, भुवन चन्द, सुनील थापा, वर्षा शिवाकोटी, विराज भट्ट, सरोज खनाल, निकिता चण्डक, निरुता सिंह लगायतका कलाकारको उपस्थित छन् ।