विदेश

बग्दादीकी श्रीमती टर्कीमा पक्राउ

बग्दादीकी श्रीमती टर्कीमा पक्राउ

एजेन्सी । इस्लामिक बिद्रोही संगठन आइएसका प्रमुख अबु बक्र अल–बग्दादीकी श्रीमती टर्कीमा पक्राउ परेकी छिन् । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले बग्दादीकी पत्नी आफ्नो देशको नियन्त्रणमा रहेको जानकारी दिएका छन् । बग्दादीको श्रीमतीमाथि बग्दादीको क्रियाकलापबारे सोधपुछ भइरहेकोे जानकारी समेत दिएका छन् ।

टर्कीमै बस्दै आएकी बग्दादकी श्रीमतीलाई ब्यापक खोजीपछी नियन्त्रणमा लिइएको हो । अमेरिकी सैनिकको आक्रमणमा आईएसका प्रमुख बग्दादी मारिएपछि अमेरिकी सेनाले बग्दादीको परिवारका सदस्यहरुको खोजी ब्यापक बनाएको छ । यसअघि गत मंगलबार टर्कीले बग्दादीकी बहिनीलाई पनि नियन्त्रणमा लिएको थियो ।

बग्दादी विरुद्ध अमेरिकी सैनिकले परिचालन गरेको अमेरिकी सेनाको विशेष फोर्सले सिरियाको उत्तर पश्चिमी क्षेत्रमा बग्दादीसम्म पुगेपछि उनले आफैलाई बिस्फोट गराएका थिए ।