मनोरञ्जन

गायक जोहारीको ‘याद औनि तेरि सरू’ लोकप्रिय बन्दै (भिडियोसहित)

गायक जोहारीको ‘याद औनि तेरि सरू’ लोकप्रिय बन्दै (भिडियोसहित)

मौलिक लोक कला संस्कृतिको जगेर्नामा चुनौती थपिएकाबेला गायक बीरेन्द्र जोहारीले सुदूरपश्चिम तथा कुमाउ गढवालको भाका समेटिएको नयाँ गीत बजारमा ल्याएका छन् । चन्द्रसिंह खातीको संकलनमा रहेको गीतमा जोहारी आफैले स्वर र संगीत दिएका छन् । 

बैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा रहेका गीतकार खातीले गीतमा समेत परदेशीको कथा समेटेका छन् । खातीको शब्दमा जोहारीले कर्णप्रिय संगीत दिंदै स्वर भरेका छन् । 

गीतको भिडियोसमेत तयार भएको छ । भिडियोको निर्देशन बीरेन्द्र भाट ‘बिपिन’ ले गरेका छन् । गीतमा घर परिवार, आफन्त, श्रीमति तथा प्रेमिकाबाट टाढा रहँदाको पीडा, माया तथा दुःख व्यक्त गरिएको छ । 

गीतमा गायक जोहारी र पारु श्रेस्ठले अभिनय गरेका छन् । युट्युवमा उपलब्ध सो भिडियो दर्शकले निकै मन पराएका छन् । युट्यूवमा आएका कमेन्टमा गीतकार, गायक र मोडलहरुको प्रशंसा गरेको देख्न पाइन्छ । यसबाट आफनो हौसल अझ बढेको गायक जोहारी बताउँछन् । 

गायक जोहारीले लामो समयदेखि गीत संगीतमा आबद्ध छन् । उनले डेउडा शैलीका दर्जनौ गीत र  भिडियो सार्वजनिक गरिसकेका छन । जोहारीको मुई डोलि चडन्या बेला बोलको गीत श्रोता माझ निकै लोकप्रिय छ । संस्कृति संरक्षणका लागि धेरै गीत गाउने जोहारी सुदूर पश्चिमको डेउडा तथा कुमाउनि संस्कृतिमा आधारित गीत गाउन अब्बल मानिन्छन् । उनी दार्चुलामा रहेको अल्पसंख्यक जोहारी समुदायका एक्ला गायक हुन् । 

गीतको भिडियो यस्तो छ :