राजनीति

'यसरी नटेर्ने अवस्था हो भने म साँच्चै आन्दोलनमा जान्छु'

'यसरी नटेर्ने अवस्था हो भने म साँच्चै आन्दोलनमा जान्छु'

दाङ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आँफूहरुलाई कर्मचारीले नटेर्ने गरेको बताएका छन्। यसर्थ आँफू बेलाबेला आन्दोलनमा जान्छु भन्ने गरेको स्पष्ट पारे।

‘मैले र अर्का अध्यक्ष केपी ओली ज्यूले भनेको कुरा पनि कर्मचारीहरुले मानेको अवस्था छैन,’ बुधवार घोराहीमा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा दाहालले भने ‘त्यहि भएर म आँफै बेलाबेलामा आन्दोलनमा जान्छु भन्ने गरेको छु, र यसरी नटेर्ने अवस्था हो भने म साँच्चै आन्दोलनमा जान्छु पनि।’