खेल

क्रिकेटमा नेपाल एशोसिएट राष्ट्रको शीर्ष स्थानमा

क्रिकेटमा नेपाल एशोसिएट राष्ट्रको शीर्ष स्थानमा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एसोसियट राष्ट्र मध्येको टी–ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा पुग्न सफल भएको छ । टी–ट्वान्टी वरियतामा नेपालले टेष्ट राष्ट्र आयरल्याडलाई समेत पछि पार्न सफल भएको छ । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा भने पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् ।

यस्तै अष्ट्रेलिया तेस्रो, दक्षिण अफ्रिका चौंथो र भारत पाँचौं स्थानमा रहेका छन् । आईसीसीको टी–ट्वान्टी वरियतामा भने नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै १२ औँ स्थानमा रहेको छ ।

अघिल्लो महिना पनि नेपाल १२ औं स्थानमै रहेको थियो नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटिङ अंक पाएको छ ।

एकदिवसीय वरियतामा भने नेपाल १७ औं स्थानमा रहेको छ ।