विदेश

उडेको केहीबेरमैँ विमान दुर्घटना, तारमा अल्झियो विमान

उडेको केहीबेरमैँ विमान दुर्घटना, तारमा अल्झियो विमान

एजेन्सी । इटालीमा एक विमान दुर्घटना भएको छ । विमान जमिनभन्दा कैयौँ फिट माथि तारमा अल्झिएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । घटना थाहापाउने बित्तिकै खटिएको उद्दार टोलीले दुई घण्टामा विमानमा रहेका सबै यात्रुहरुको सफल उद्दार गरेको थियो ।

विमानको पंखामा बसेको व्यक्तिलाई उद्दार टीमले निकाल्दै गरेका छन् । विमानले उडेको केहीबेरमा नै सन्तुलन गुमाएपनि दुर्घटना हुन पुगेको हो । यदि विमान तारमा नअल्झिएर जमिनमा बजारिएको भए विमानमा सवार सबैको ज्यान जाने समाचारमा उल्लेख छ ।