खेल

विराट कोहली बने सोसल साइटमा सर्वाधिक खोजिने क्रिकेटर

विराट कोहली बने सोसल साइटमा सर्वाधिक खोजिने क्रिकेटर

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली भारतमा मात्र नभई पुरा विश्वमा चर्चित छन।  उनको लोकप्रियता र प्रसिद्धि दिनानुदिन बढ्दै गईरहेको छ। बिराट आज आफ्नो ३१ औं जन्मदिन मनाईरहेका छन।  

क्रिकेटमार्फत देश दुनियामा प्रसिद्ध रहेका विराट वैश्विक स्तरमा सर्च गरिने खेलाडीको पहिलो नम्वरमा पर्न सफल भएका छन। डिजिटल मार्केटिंग प्लेटफार्म सेमरशको अनुसार यस लिस्टमा गत २ बर्षदेखि यस रिपोर्टमा ३ भारतीय क्रिकेटरहरुको बर्चश्व रहेको छ। 

यी तिन खेलाडिमा पहिलो नम्वरमा भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली पहिलो नम्वरमा रहेका छन भने महेन्द्रसिंह धोनी दोस्रो र रोहित शर्मा तेस्रो नम्वरमा सामेल छन।  जानकारी रहोस कि बिराट सन् २०१९ मा सोसल मिडिया प्लेटफर्म इंस्टाग्राममा सबैभन्दा धनि खेलाडी समेत बनेका छन। 

सर्च गरिएको परिणामलाई आधार मान्ने हो भने बर्ष २०१९ को जनवरी देखि सेप्टेम्वरसम्ममा बिराटलाई सोसल साइटमा २० लाख पटक खोजिएको छ।  त्यस्तै एमएस धोनीलाई एक महिनामा औसत १० लाख पटक सर्च गरिएको छ।   

यसैबीच खेलाडीका अलावा भारतीय क्रिकेट टिम यो बर्षसबैभन्दा बढी सर्च भएका छन।  यो भन्दा अघि सन् २०१८ मा इंगल्याण्ड सबैभन्दा धेरै पटक खोजि ह्गरिएको थियो।  

 

क्रिकेट विराट कोहली