राजनीति

आलमको मुद्धामा थुनछेक बहस

आलमको मुद्धामा थुनछेक बहस

रौतहट । नेपाली कांग्रेसका सांसद अफताब आलमविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ । सरकारी वकिल कार्यालय रौतहटले उनीसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा सोमबार मुद्दा दर्ता गरेको थियो ।

आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।