अर्थ

घट्यो सुनको मूल्य, कति पुग्यो ?

घट्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौंः  मंगलवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

सोमवार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार २ सयले घटेर ७० हजार ८ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। 

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ ।

सोमवार प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोवार भएको तेजावी सुनको मूल्य मंगलवार ७० हजार ५ सय निर्धारण गरिएको छ ।

सुनको भाउ घटेसँगै चाँदीको मूल्य पनि आज घटेको छ।   

सोमवार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य मंगलवार ५ रुपियाले घटेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

 

सुनको मुल्य