मनोरञ्जन

अक्षयकुमार जब एक झुपडीमा पानी माग्न पसे... 

अक्षयकुमार जब एक झुपडीमा पानी माग्न पसे... 

मुम्बइ । बलिउड अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गर्दै एक झुपडीमा पानी माग्न पुगेको जनाएका छन् । छोरी नितारासहित मर्निङ वाकका केही तस्विरहरु सार्वजनिक गर्दै अक्षयले झुपडीमा पानी माग्न पुगेको जनाएका छन् । 

 

अक्षयले आफ्नी छोरीलाई यसबाट ठुलो जीवनको पाठ सिकेको बताएका छन् । पोष्टमा उनले लेखेका छन्– “आज बिहानको पैदलयात्रामा सानी निताराले ठुलो पाठ सिकिन् । हामी पानीको खोजीमा एउटा वृद्ध व्यक्तिको घरमा गएका थियौं । तर उनीहरुले हामीलाई धेरै स्वादिलो ​​गुड़को रोटी बनाएर खुवाए । साँच्चै दयालु हुनुमा केही खर्च छैन, तर हामीले धेरै प्राप्त गर्न सक्छौं ।’

अक्षयले छोरीले यसबाट जिबनको महत्वपुर्ण पाठ सिकेको बताएका छन् ।

अक्षय हाल आफ्नो परिवारसँग महाराष्ट्रको शिलीम गाउँमा छुट्टी मर्नाइरहेका छन् ।