राजनीति

धर्मलाई सत्तासँग नजोडौँ : उपप्रधानमन्त्री पोखरेल

धर्मलाई सत्तासँग नजोडौँ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले धर्मलाई सत्तासँग जोडेर नहेर्न आग्रह गरेका छन् । आज काठमाडौंको धापासीमा आयोजित कार्यक्रममा उनले धर्म र सत्तालाई जोडेर विश्लेषण नगर्न आग्रह गरेका हुन् ।

सत्ताको सेवक बनेर धर्म चल्न नहुने भन्दै उनले समय अनुसार धर्मको परिस्कृत हुँदै जानुपर्ने बताए। कम्युनिष्टहरुले धर्म मान्दैनन् भन्ने गरेको स्मरण गर्दे मन्त्री पोखरेलले धर्म नागरिकको आस्था र विश्वास भएकाले कम्युनिष्ट सरकार वा कसैले पनि धर्ममाथि आघात पार्ने काम गर्न नहुने बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङ्गले परापुर्व कालमा पनि देवताहरुले मिलेर सृष्टिको शासन चलाएको दृष्टान्त दिँदै धर्मशास्त्रहरुबाट सिकेर शासन सञ्चालन गर्न राजनीतिक दलहरुलाई सुझाव दिए ।

कार्यक्रममा श्री रामचरितमानस ग्रन्थको नेपाली अनुवाद ‘श्रीरामचरितमानस तुलसी नेपाली छाया अनुवाद को लोकार्पण गरिएको थियो ।