विदेश

सिरीयामा कार बम विष्फोट, १३ जना मारिए

सिरीयामा कार बम विष्फोट, १३ जना मारिए

एजेन्सी । उत्तरी सिरियामा कार बम बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । सिरीयाको उत्तरी शहर तल अब्यादमा भएको विष्फोटमा बीस भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा टर्की समर्थक लडाकु र सर्वसाधारणहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विष्फोटको हालसम्म कसले जिम्मेवारी लिएको छैन । तर टर्कीले भने विस्फोटमा ‘पिपुल्स प्रोटेक्सन युनिट्स’को संग्लनता रहेको दावी गरेको छ । अमेरिकी सेना फिर्ता भए लगत्तै उत्तरी सिरियामा टर्कीले आक्रमण गर्दै आएको छ ।

सो स्थानमा टर्की र कुर्द विद्रोहीबीच युद्ध हुँदै आएको छ । आफ्नो सीमा नजिकैको क्षेत्रमा सिरियाका शरणार्थीलाई राख्ने सुरक्षित स्थान बनाउने योजना टर्कीको छ ।