अर्थ

​​​​​​​रेलको नक्सांकन गरी चिनियाँ प्रतिनिधि मण्डल फर्कियो

​​​​​​​रेलको नक्सांकन गरी चिनियाँ प्रतिनिधि मण्डल फर्कियो

उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरी नयाँ नक्साङ्कन प्रस्ताव गरेको छ।

मुख्यतः केरुङ–काठमाडौँ रेलमार्ग आयोजनालाई अगाडि बढाउन छलफल गर्न नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौँ–कुरिनटार,पोखरा र काठमाडौँ–कुरिनटार–लुम्बिनी रेलमार्गको नक्साङ्कन स्टेसनहरू रहने सम्भावित ठाउँहरूको स्थलगत अध्ययन गरेको हो। चीनको रेलवे प्रशासनका उपप्रशासक आन लु सङको नेतृत्वमा २३ सदस्यीय उच्च स्तरीय चिनियाँ टोली मंसिर ९ गते काठमाडौँ आएको थियो। चिनियाँ टोली स्वदेश फर्किसकेको छ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले चिनियाँ प्रतिनिधि मण्डलले अध्ययनका क्रममा प्रस्तावित काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको जानकारी दिनुभयो ।

काठमाडौँबाट पोखरासम्मको लम्बाइ १६४ किलोमिटर र कुरिनटारबाट लुम्बिनीसम्मको १५७ किलोमिटर रहेको सो अध्ययनले देखाएको छ। त्यसैगरी, काठमाडौँदेखि कुरिनटारसम्मको लम्बाइ एक सय किलोमिटर र कुरिनटारदेखि पोखरासम्मको लम्बाइ ९८ किलोमिटर रहने अध्ययनले देखाएको छ।