मनोरञ्जन

अभिनेत्री सिर्जना सुब्बाकाे हट गर्भावस्थाकाे फाेटाेसुट(फाेटाेफिचर)

अभिनेत्री सिर्जना सुब्बाकाे हट गर्भावस्थाकाे फाेटाेसुट(फाेटाेफिचर)

काठमाडौं – गत वर्ष मंसिरमा विवाह गरेकी अभिनेत्री सिर्जना सुब्बा आमा बन्दैछिन् । फिल्मकर्मी पदम सुब्बासँग विवाह गरेकी अभिनेत्री सिर्जना सुब्बा आमा  बन्न लागेकी हुन् । पदम र सिर्जनाले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका थिए ।

नायिका तथा थिएटरकर्मी सिर्जना सुब्बाले हालै गर्भावस्थाको बोल्ड फोटोशूट गराएकी छिन्। दुई सातापछि आमा बन्न लागेकी सिर्जनाको बोल्ड फोटोशूटमा बेबी बम्प देख्न सकिन्छ । उनले यी तस्वीर सम्झनाका लागि खिचाएको बताइन् । गर्भावस्थालाई उनले एक ‘उत्सव’ का रुपमा लिएकी छिन् ।

तस्वीरमा सिर्जनाको ग्ल्यामर लूक छ । यी तस्वीरलाई अभिनास मास्के र क्लु जैनले गोदावरीमा खिचेका हुन् । सिर्जना सुब्बा चलचित्र ‘लूट’, ‘निभ्न लागेको दियो’, ‘लूट २’ लगायतका चलचित्रमा निभाएको भूमिकाबाट दर्शकको मनमा बस्न सफल छिन् ।

हालै उनको समेत अभिनय रहेको नाटक ‘महाभोज’ ले पनि सिर्जनालाई थप चर्चा दिलाएको थियो । यतिबेला भने फोटोशूटका कारण उनको चर्चा छ ।