स्वास्थ्य

सावधान! क्षयरोगले ज्यान जान सक्छ

सावधान! क्षयरोगले ज्यान जान सक्छ

काठमाडौं । सन् २०३५ सम्म नेपालबाट क्षयरोग अन्त्य गर्ने लक्ष्य लिए पनि नेपालमा क्षयरोगका कारण हरेक दिन १८ जनाको ज्यान जाने गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकअनुसार प्रत्येक दिन १८ देखि २२ जनाको ज्यान जाने गरेको छ । क्षयरोगकै कारण प्रत्येक वर्ष ७ देखि १२ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक केन्द्रसँग छ ।
नेपालमा हाल नयाँ र पुराना गरी ९० हजार क्षयरोगी छन् । आर्थिक वर्ष २०७२÷७३ मा ३२ हजार ३ सय ७९ र २०७३÷७४ मा ३१ हजार ७६४ जना उपचाररत् छन् ।

यस्तै, २०७४÷७५ मा ३२ हजार ४ सय ७४ र २०७५÷७६ मा ३३ हजार ८ सय ७४ नयाँ क्षयरोगी भेटिएका छन् । क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस ब्याक्टेरिया (एमबीडी)को संक्रमणका कारण लाग्छ । क्षयरोगले फोक्सोलाई असर गरे पनि शरीरका अन्य अंगलाई प्रभावित पार्न सक्छ ।
नेपालमा क्षयरोगका ४ हजार ३ सय २१ डट्स उपचार केन्द्र, ९६ सहरी डट्स केन्द्र, ६ सय ४ रोग निदान केन्द्र, ६७ जिन एक्सपर्ट केन्द्र र दुई राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत सेवा प्रदान गरिएको छ ।
हाल ५ सय ९६ माइक्रोस्कोपिक केन्द्रबाट शंकास्पद क्षयरोगीको निःशुल्क खकार परीक्षण गरिँदै आइएको केन्द्रले जनाएको छ ।

चिकित्सकका अनुसार नियमित औषधि सेवनले क्षयरोग सजिलै निको हुन्छ । पाँच वर्षमुनिका बालबालिका, मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति, सोरायोसिसका बिरामी, प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्ति तथा एचआईभीपीडित व्यक्ति पनि क्षयरोगको उच्च जोखिममा रहने चिकित्सकहरू बताउँछन् ।
विश्वमा एक तिहाइ जनसंख्यामा क्षयरोगको ब्याक्टेरिया सुषुप्त अवस्थामा हुन्छ । नेपालमा डेढ करोड मानिसमा सुषुप्त रूपमा क्षयरोगको कीटाणु रहेको अनुमान गरिएको छ । क्षयरोगको कीटाणु सुषुप्त अवस्थामा रहेमा यसलाई लेटेन्ट ट्युबरक्लोसिस (क्षयरोग) भनिन्छ ।

लक्षणहरू

– तौल कम हुने र खाना मन लाग्ने
–छाती दुख्ने
–ज्वरो आउने
–राति धेरै पसिना आउने
– औषधि सेवनपछि खोकी ठीक नहुनु

बच्ने उपाय

– दुई साताभन्दा बढी समय खोकी लागेमा तुरुन्तै चिकित्सकका जाने
– संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहने
– भीडभाडमा मास्क प्रयोग गर्ने
– धेरै खोकी लागेमा वा खकारमा रगत देखिएमा तुरुन्तै खोकीको जाँच गर्नुपर्ने
– पर्याप्त मात्रामा पोसिलो तथा झोलिलो पदार्थ सेवन गर्ने

राजधानी दैनिकबाट साभार 

क्षयरोग