राजनीति

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक शुरू भएको हो ।

बैठकमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ । यसअघि शुक्रवार हिजो नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।