अपराध सुरक्षा

धम्क्याउँदै पटक–पटक बलात्कार, रकम नदिए बेइज्जत गर्ने भन्दै ४ लाख माग

धम्क्याउँदै पटक–पटक बलात्कार, रकम नदिए बेइज्जत गर्ने भन्दै ४ लाख माग

रुकुम । रुकुमको चौरजहारी नगरपालिकाकी ४८ वर्षीया महिलालाई डर धम्की देखाइ जबरजस्ती बलात्कार गरेका एक पुरुषले उल्टै बेइज्जत गरिदिन्छु भन्दै  ४ लाख रूपैयाँ मागेका छन्।

पीडित महिलाको घरमा कोही नभएको समयमा गएको असोज १९ गते र कात्तिक ७ गते बिहान महिलालाई डर देखाइ जबर्जस्ती करणी गरेको प्रहरीको आरोप छ । पटक÷पटक बलात्कार गरेको आरोपमा ४० वर्षीय दलबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्दले बेइज्जत गरिदिन्छु भन्दै चार लाख रुपैयाँ मागेको पनि प्रहरीले जनाएको छ । उनीमाथि जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।