राजनीति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग बनाउन खोजियो 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग बनाउन खोजियो 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तै बनाउन लागेको आरोप लगाएका छन् । शुक्रबार नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३० औं साधारणसभामा सभापति देउवाले सरकार अख्तियारलाई शाही आयोग बनाउन लागिपरेको भन्दै चर्को आलोचना गरे ।

संवैधानिक परिषद्लाई कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै देउवाले भने,– ‘अख्तियारलाई शाही आयोग बनाउँदैछ ।’ सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवादमा परिणत भएको पनि आरोप लगाए।

चुनावका बेला प्रधानमन्त्रीले देखाएको राष्ट्रवादी चरित्र नेपाली जनताले अहिले आएर बल्ल बुझेको उनकाे तर्क छ ।कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली अध्यादेश मार्फत तानाशाही बन्न खोजेकोे आरोप लगाए ।