समाचार

१२ वर्षीया बालिकालाई गर्भवती बनाउने युवा प्रहरीकाे फन्दामा

१२ वर्षीया बालिकालाई गर्भवती बनाउने युवा प्रहरीकाे फन्दामा

खोटाङ– खोटाङमा १२ वर्षीया बालिकालाई गर्भवती बनाउने युवा प्रहरीकाे फन्दामा परेका छन्। बालिकालाई गर्भवती बनाएर फरार भएका साकेला गाउँपालिकाका २४ वर्षीय युवा बिहीबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बालिका गर्भवती भएपछि फरार भएका युवा विरुद्ध बुधबार उजुरी परेपछि भोलीपल्टै नियन्त्रणमा लिएकाे बताए। अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए।  प्रहरीले पिडक र पिडितको नाम गोप्य राखेको छ।

बालिका गर्भवती भएको ४ महिना पुगेको भनिए पनि भिडियो एक्स-रे गर्दा ६ महिनाको भएको देखिएको डिएसपी गौतमले बताए। बालिकालाई स्वास्थ्य जाँचका लागि काठमाण्डौं लगिएको छ।