समाचार

गैरकानुनी रुपमा नेपाल बस्दै आएका ३ उत्तर कोरियाली निष्कासित

गैरकानुनी रुपमा नेपाल बस्दै आएका ३ उत्तर कोरियाली निष्कासित

काठमाडौं: सरकारले गैरकानुनी ढंगमा नेपाल बस्दै आएका तीन उत्तर कोरियाली नागरिकलाई निष्कासन गरेको छ । पर्यटक प्रवेशाज्ञा (भिसा) मा आएका तीनैजना कम्युटर इन्जिनियर हुन् ।

साउन ७ गतेसम्म पर्यटक भिसामा रहेका उनीहरू त्यसपछि गैरकानुनी बसेका थिए । उनीहरूलाई अध्यागमन विभागले गत साउन २८ गते निष्कासन गरेको थियो । नेपालमा अमेरिकीबाहेक अन्य मुलुकका नागरिक पर्यटक भिसामा एक सय ५० दिनभन्दा बढी बस्न पाउँदैनन् । उनीहरू ललितपुर सातदोबाटोमा उत्तर कोरियाली लगानीमा खोलिएको 'हिमाल चिल्बो' नामक आईटी कम्पनीमा काम गर्न आएका थिए । निष्कासित हुनेमा आन प्योनोयाङ, क्वान जुङ मिन र क्वान गुक छन्।

नेपाल सरकारले उत्तर कोरियालीमाथि कडाइ गरेको पत्तो पाएपछि उनीहरू भिसाबारे बुझ्न अध्यागमन विभागमा पुगेको स्रोतले बताएको छ । विभागले तीन सातादेखि उत्तर कोरियाली भिसाबिनै नेपाल बसेको थाहा पाएपछि उनीहरूलाई निष्कासन प्रक्रिया थालेको थियो ।

यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो । 

उत्तर कोरिया