विदेश

मालीमा सैनिक पोस्टमा विद्रोहीको आक्रमण, ५३ सैनिक मारिए 

मालीमा सैनिक पोस्टमा विद्रोहीको आक्रमण, ५३ सैनिक मारिए 

एजेन्सी । मालीमा लडाकुहरुले सैनिक पोस्टमा आक्रमण गर्दा ५३ सैनिकको ज्यान गएको छ ।मालीको उत्तर–पूर्वी क्षेत्रमा रहेको सेनाको पोस्टमा बिद्रोही लडाकुले आक्रमण गरेका हुन् । यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन् ।

इस्लामिक लडाकूहरुले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरु मध्येको ठूलो भएको उनीहरुको भनाइ छ । आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ । 

मालीको आर्मीले ट्वीट गरेर घटनाबारे जानकारी दिँदै यो आतंकवादी आक्रमण रहेको जनाएको छ । सन् २०१२ मा देशको उत्तरी क्षेत्रमा इस्लामिक लडाकुले नियन्त्रण कायम गरे यता मालीमा हिंसाको अवस्था छ ।

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा अल कायदाआबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ ।