समाचार

दुई सचिवको सरुवा

दुई सचिवको सरुवा

काठमाडौँ — सरकारले दुई सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उनीहरुको सरुवा गरेको हो ।

सरकारले प्रदेश नम्बर २ का प्रमुख सचिव दीपक सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

सञ्चार सचिव महेन्द्र गुरुङले ५८ वर्ष उमेर पुगी दुई साताअघि अनिवार्य अवकास पाएपछि मन्त्रालय प्रशासनिक नेतृत्व विहीन भएको थियो ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव रामकृष्ण सुवेदीलाई २ नं. प्रदेशको प्रमुख सचिवमा सरुवा गरेको छ । उनी हालै सचिवमा बढुवा भएका हुन् ।