समाचार

भोजपुरमा महिलाको स्तन काटी अज्ञात समूह फरार 

भोजपुरमा महिलाको स्तन काटी अज्ञात समूह फरार 

भोजपुर — भोजपुरमा अज्ञात समूहले एक महिलाको दुवै स्तन काटिदिएर फरार भएको छ । षडानन्द नगरपालिका–८ तुङ्गेछाको सेमेङमा अज्ञात समूहले ३० वर्षीया महिलाको दुवै स्तन काटिदिएर फरार भएको हाे ।

बुधबार दिउँसो करिब १ बजे स्थानीय खकुवाखोलामा कपडा धुन ती महिलालाई मुखमा कालो पट्टि लगाएर आएका २ जनाले स्तन काटेर फरार भएको जिल्ला प्रहरी भोजपुरले जनाएको छ।

कपडा धोइरहेकी ती महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले बताए।

घाइतेको स्वास्थ्य चौकी दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। घटनाबारे थप अनुसन्धानका गर्न जिल्ला प्रहरी कार्यालय भोजपुरको टोली घटनास्थनतर्फ लागेको छ।