कला साहित्य

आमाछोरीले ल्याए पुस्तक र गीति एल्बम 

आमाछोरीले ल्याए पुस्तक र गीति एल्बम 

सर्जक उषा थपलिया र उनकी छोरी संविदा वाग्लेको  ‘नारी तिमी हारेकी छैनौं’, ‘नवपल्लव’ र गीति ‘एल्बम तिमी पाएरै’को संयुक्त लोकार्पण भएको छ ।  

लोकार्पण कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आमा छोरीको नयाँ कृतिले सुन्दर समाज निर्माणमा उत्प्रेरणा जगाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अबको साहित्य समाजमा विद्यमान विकृति खबरदारी गर्ने किसिमको हुनुपर्नेमा जोड दिनुभयो । 

 प्राध्यापक डा. गोविन्दराज भट्टराई, उप प्राध्यापक डा.शैलेन्दुप्रकास नेपाल, उपप्राध्यापक ज्ञानु अधिकारी लगायतका स्रष्टाहरुले पुस्तकको समीक्षा गर्दै आजको युगका शिक्षित र सचेत महिलाको अनुभूतिलाई पुस्तकमा समेटिएको बताउनुभयो ।

उहाँहरुले साना साना नानी र प्रौढका लागि  उषा र संविदाको प्रयास प्रशंसनीय भएको बताउनुभयो । यसैगरी उपप्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभा सदस्य डा. गीता त्रिपाठी, साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभा सदस्य लक्ष्मी उप्रेती, एलआरआइ स्कुलका फाउण्डर ट्रष्टी यशोधरा पन्तले आमाछोरीको पुस्तक नेपाली साहित्यकै लागि कोसेढुंगा हुने बताउनुभयो ।

 

कार्यक्रमको अध्यक्षता गरेका पुस्तक प्रकाशक ओरिएण्टल पब्लिकेशन, बागबजारका अध्यक्ष हरि गौतमले आमा छोरीको कृति आफैंमा लोकहितको कर्म भएको बताउनुभयो । 
 

माधवकुमार नेपाल उषा थपलिया